सरकारी अस्पतालका समस्या अध्ययन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा भएका समस्या अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेका छन् ।
सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायत अवस्था रहेकाले यी समस्यालाई हल गर्न समिति गठन भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार अतिरिक्त स्वास्थ्य सचिव डा। दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित अध्ययन समितिमा डा। मदनकुमार उपाध्याय र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् ।
‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै उहाँले विभिन्न सरकारी अस्पतालको अनुगमन गर्नु भएको थियो । अस्पतालमा देखिएका समस्या र बिरामीले गरेको गुनासो सम्बोधन गर्न उहाँले समिति नै गठन गर्नु भएको हो,’ डा। बुढाथोकीले भने ।
प्रवक्ता बुढाथोकी अनुसार समितिले अध्ययन प्रतिवेदन २ हप्ताभित्र पेस गर्नुपर्नेछ । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरूको स्थलगत अनुगमन गर्नेछ ।
‘अस्पतालमा शल्यक्रियाको लागि लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था, रेफरको अवस्था, सेवाको गुणस्तर एवं प्रक्रिया लगायतका विषय सम्बन्धमा क–कसको जिम्मेवारीभित्र पर्ने, शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको संख्या र अस्पतालले दैनिक दिएको सेवाको बिवरण तयार गर्नपर्ने निर्देशन दिनुभएको छ,’ डा। बुढाथोकीले भने ।
यसैगरी अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अध्ययन गरी स्वास्थ्य सेवा समयमा नै एवं गुणस्तरीय रूपमा प्रवाह गर्न सुझाव पेस गर्ने जिम्मेवारी पनि समितिलाई छ ।
समस्याको प्रभावकारी व्यवस्थापनको लागि अल्पकालीन (३ महिनाभित्र गर्न सकिने), मध्यकालीन (१ आर्थिक वर्षभित्र गर्न सकिने) र दीर्घकालीन (५ वर्षभित्र गर्नुपर्ने) कार्ययोजना तयार गरी पेस गर्नसमेत मन्त्री यादवले समितिलाई निर्देशन दिएको डा. बुढाथोकीले जानकारी दिए ।
















बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया