बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेन : सांसद जबरा

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाटप्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद धवल शमशेर जबराले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको राजस्व र व्ययको अनुमान (बजेट)ले मुलुकमा विद्यमान आर्थिक शिथिलतालाई चिर्न नसक्ने बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे धारणा राख्दै सांसद जबराले कुनै स्पष्ट योजना नभई वितरणमुखी र कनिका छरेको जस्तो बजेट ल्याएको बताए ।
“देशमा चलिरहेको आर्थिक मन्दीलाई बजेटले सम्बोधन गर्न सकेको छैन । आर्थिक मन्दी रहेको स्थितिमा त्यसलाई समाधान गर्न बजेटले कुनै स्पष्ट योजना ल्याएको देखिँदैन”, उन्ले कने , “कृषि क्षेत्रमा कृषि दशक भनिएको छ, तर कृषि क्षेत्रमा न्यून बजेट आएको छ ।” रासायनिक मलको अनुदानको रकम घटाउँदा त्यसको मार कृषकलाई पर्ने उनकाे भनाइ छ ।
सांसद जबराले सरकारले आगामी आर्थिक वर्षका लागि राखेको लक्षित राजस्व सङ्कलन गर्ने र स्रोत जुटाउन ठूलो चुनौती रहेको बताए। चालु आवको बजेटको आकार रु दुई खर्बभन्दा बढी घटाउनु परेको स्मरण गर्दै उनले आकारमा ठूलो बजेट ल्याउनेभन्दा पनि कार्यान्वयनमा सरकारले बढी जोड दिनुपर्ने उल्लेख गरे।
बजेटले स्टार्टअप क्षेत्रमा राम्रा योजना ल्याएको उनकाे भनाइ छ । यद्यपि केही योजना तथा कार्यक्रम विवरणमुखी रहेको सांसद जबराले आरोप छ ।
“पुराना आयोजना अलपत्र छन् । थप नयाँ आयोजनामा बजेट राखेर कसरी पार लाग्ला ?”, सांसद जबराले प्रश्न गरे । विद्युतीय गाडीको प्रयोग बढेको र यसले पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जाने सरकारको नीतिकै प्रतिकूल हुनेगरी पेट्रोलियम पदार्थमा कर बढाइएको उन्ले उल्लेख गरे ।
भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाइए पनि राष्ट्रिय गौरवका आयोजनामा न्यून बजेट विनियोजन भएको सांसद जबराको भनाइ छ । सिक्टा सिँचाइ आयोजनाका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको उनले गुनासो गरे।
आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै जाने विषय सरकारले बजेटमा राखेको भए पनि त्यसका लागि कानुनी, संरचनागत र प्रक्रियागत सुधार हुन नसकेको सांसद जबराले बताए । सूचना प्रविधिका क्षेत्रमा लगानीको दशक घोषणा गरिनु बजेटको सकारात्मक पक्ष रहेको उन्ले उल्लेख गरे।
















कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया