गण्डकीमा कांग्रेसले माग्यो राप्रपासँग सहयोग

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा राप्रपाको समर्थन मागेको छ ।
सर्वोच्च अदालतको परमादेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फर्किएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आगामी सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेश सभामा विश्वासको मतका लागि पत्र दर्ता गराएका छन् ।
यसैबीच मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन अनुरोध गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेका छन् । गण्डकीमा विशेष परिस्थिति रहेको भन्दै देउवाले राप्रपासँग सहयोग मागेका छन् ।
पत्रमा देउवाले लेखेका छन्- ‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु ।’
तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गर्दै सर्वोच्चले पाण्डेलाई मुख्यमन्त्री बनाईदिएको थियो ।
६० सदस्यीय प्रदेश सभामा ३१ जनाको समर्थन आवश्यक पर्छ । कांग्रेसका प्रदेश सभामा २७ सांसद छन् भने राप्रपा २ सांसद छन् । त्यस्तै गण्डकीमा एमालेका २२, माओवादीका ८ र स्वतन्त्र एक सांसद छन् । स्वतन्त्रले मुख्यमन्त्री पाण्डेलाई मत दिएपनि बहुमत नपुग्ने देखिएको छ ।
















प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया