क्लब लिग भलिबल शुरु

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले आजबाट राजधानीमा शूरु भएको पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् ।
त्रिपुेरश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि २५–९, २५–२१ र २५–१६ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।
यस्तै पुरुषकै अर्को खेलमा एपिएफ क्लबले र बुलबुले रारा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । पहिलो र दोश्रो सेटमा बुलबुलेलाई २५–२०, २८–२६ ले पराजित गर्दै बिजयको निकट पुगेको एपिएफ क्लब तेश्रो सेटमा पराजित हुन पुग्यो ।
तीन पाकिस्तानी खेलाडी सहित मैदान उत्रेको बुलबुलेले तेश्रो सेटमा एपिएफ माथि २५–१८ को जित हात पार्यो । चौथो सेटमा एपिएफले जित निकाल्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भयो । रोमाञ्चक चौथो सेटमा एपिएफले ३२–३० को जित निकाल्दै जितलाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।
महिला तर्फ ह्वाङ्गजी न्यू डायमण्डले पहिलो खेलमा जित हात पार्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । डायमण्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ ले पराजित गरेको हो । चैत २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ६ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।












मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया