भारतले साना बचतका लागि ब्याजमा कटौती नगर्ने सङ्केत

नयाँ दिल्ली । भारतकी संघीय अर्थमन्त्री निर्मला सितारमणले बिहीबार अघिल्लो दिन घोषणा गरेको साना बचत योजनाको ब्याज दरमा हुने भनिएको कटौतीलाई ‘पुनरावलोकन’ पछि कटौती गर्ने सङ्केत गरेकी छिन् ।
कटौती गरेको राष्ट्रिय बचत योजना र सार्वजनिक सञ्चय कोषलगायतमा लागू गर्नेगरी आएको ब्याजदर योजनाले लाखौँ मध्यम वर्गीय बचतकर्तालाई प्रभाव पार्ने भन्दै यसलाई विचाराधीन राखिएको बुधबार अर्थमन्त्रालयले बताएको छ ।
“भारत सरकारको साना बचत योजनाको ब्याज दर २०२०–२०२१ को अन्तिम त्रैमासिक अवधिको दरमा जारी रहनेछ, जसमा मार्च २०२१ सम्ममा पर्ने दरहरू पुनरावलोकन गर्दै फिर्ता लिइने छ,” अर्थमन्त्री सीतारमणले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
यदि नयाँ कर दर निर्देशन कार्यान्वयन भएको भए यो एक बर्षभित्र सानो बचतमा दोस्रो कटौती हुने थियो । यो दर लागू हुँदा उक्त क्षेत्रको ब्याज दर चार दशकमा सबैभन्दा न्यून हुने थियो ।
आर्थिक वर्ष २०२०–२१ को अप्रिल–जूनको त्रैमासिकमा सरकारले साना बचत योजनाहरूको दर ०.७० देखि १.४ प्रतिशतले कटौती गरेको थियो । यो कटौतीले बालिकाहरू तथा ज्येष्ठ नागरिकका बैंकिङ योजनाहरूलाई पनि प्रभाव पार्ने आशङ्का व्यक्त गरिएको थियो ।









जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया