‘ह्रस्व दीर्घ’ काे चौथो पोस्टर : यस्ताे छ नीताको ‘क्यारेक्टर’

काठमाडौँ । आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को चौंथो पोस्टर सार्बजनिक गरिएको छ ।
फिल्मकी अभिनेत्री नीता ढुंगाना चित्रित पोस्टरमा उनले हनुमानले बोक्ने गदा (वाहन) छ भने ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रविन्द्र झा र आदर्श मिश्रलाई उनको टाउकोको रुपमा प्रस्तुत गरिएको छ ।
रातो कुर्था र आँखामा चस्मा लगाएकी निताको चरित्र धार्मिक देखिन्छ । उनले दुईटै नाडीमा एउटा मन्त्र लेखिएको चुरा आकारको पट्टा लगाएकी छन् भने हातमा रातो रंगले गोलो आकृति बनाएकी छन् । उनको क्यारेक्टर लुक्सले चञ्चल र रिसाहा युवतीको संकेत गर्छ ।
फिल्मकी निर्माता नीता नै हुन् । फिल्मलाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि उनले केही सफल भोजपुरी फिल्म निर्देशन गरिसकेका छन् । नेपाली फिल्म निर्देशन भने उनको यो पहिलो हो । यसमा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको पनि अभिनय छ भने साउथबाट ब्रह्मानन्दम र अलिसँगै प्रदीप रावत र कबीर दुहान सिंहको पनि अभिनय छ ।
हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन् । फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । यसमा मित्र डि गुरुङको सम्पादन छ भने गीतमा रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।









काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
दोस्रो संस्करणको एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा कर्णाली र लुम्बिनी भिड्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया