टी–२० विश्वकपमा न्युजिल्यान्डको पहिलो जित

काठमाडौँ । न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले पराजित गर्दै टी–२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य टोलीले ५।२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो ।
डेभन कनवेले १५ बलमा २२ रन बनाउँदै टोलीलाई जित दिलाए । उनले ४ चौका प्रहार गरे । फिन एलनले ९ रन जोडे भने रचिन रवीन्द्र १ रनमा नटआउट रहे । युगान्डाका लागि एक मात्र विकेट रियाजत अलि शाहले लिए ।
यसअघि टिम साउथीले ३ तथा ट्रेन्ट बोल्ट, मिेचल स्यान्टनर र रचिन रवीन्द्रले २–२ विकेट लिए भने युगान्डा १८।४ ओभरमा मात्र ४० रनमा समेटिएको थियो ।
टोलीका लागि केनेथ वाइसवाले १८ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । फ्रेड अचेलमले ९ रनको योगदान दिए ।
समूह सीमा ३ खेलपछि न्युजिल्याण्डको २ अंक छ । ४ खेल खेलेको युगान्डाको पनि २ अंक नै रहेको छ । यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया