मंगलबार, चैत २४, २०८२

सलमानको घरमा भएकाे गोलाबारीमा संलग्न थप एक जना पक्राउ

मेरोन्यूज २०८१ असार ३ गते १४:३४

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलाबारीबारे नयाँ अपडेट आएकाे छ। मुम्बई प्रहरीले यस मामिलामा नयाँ मुद्दा दर्ता गरेको हाे।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरीका अनुसार एक व्यक्तिले युट्युबमा ‘अरे छोडो यार’ नामक च्यानलमा एउटा भिडियो अपलोड गरेका थिए, जसमा उनले लरेन्स ग्याङको बारेमा चर्चा गरेका छन् । उनले सलमान खानलाई मार्ने षड्यन्त्रको पनि उल्लेख गरेका छन् ।

घटनाको गम्भीरता देखेर मुम्बई प्रहरीको टोली अनुसन्धानका लागि राजस्थान गएको थियो । त्यहाँबाट टोलीले बनवारीलाल लातुरलाल गुजर नामका २५ वर्षीय युवकलाई पक्राउ गरेर नयाँ मुद्दा दर्ता गरेको हाे।

सोधपुछपछि आरोपीले सलमानमाथि आक्रमण गर्ने योजनामा ​​आफू संलग्न रहेको स्वीकार गरेका छन् । उनले धेरै खुलासा पनि गरेका छन् । उनले भने– ‘मैले सलमानलाई यो कुरा बुझाएको थिएँ तर उनले मानेनन् । हाम्रो इगो हर्ट भएको छ । सलमानसँग Y+ सुरक्षा छ। जसले हामीसँग टक्कर गर्छ, तर हामी उसलाई हराउनेछौं।’

१४ अप्रिलमा दुई बाइक सवार आक्रमणकारीले सलमानको घरमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर गरेका थिए। प्रहरीका अनुसार लरेन्स समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो।

प्रतिक्रिया