एनएमबि बैंकको ग्राहकहरुलाई कतार एयरवेजको फ्लाईट टिकटमा १०% सम्म छुट

काठमाडौं । एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी – ग्राहकहरुलाई फ्लाईट टिकटमा १०% सम्म छुट एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।
एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् ।
साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन् । एनएमबि बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैआइरहेको छ ।
















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया