अनुपम खेरको अफिसमा चोरी

काठमाडौँ। बलिवुड अभिनेता अनुपम खेरको मुम्बईस्थित वीरा देसाईको अफिसमा चोरी भएको छ ।
कार्यालयको लेखा विभागको सेफ बाकस लिएर चोरहरु फरार भएको अभिनेता खेरले जानकारी दिएका छन् । यति मात्र होइन, चोरहरूले फिल्मको नेगेटिभ बक्स पनि साथमा लगेको उनले बताएका छन् । सीसीटीभी फुटेजमा चोरहरू अटोमा बसेको देखिएको र मुम्बई प्रहरीमा उजुरी दिएको बताए ।
अनुपम खेरले बताएका छन्- ‘हिजो राति मेरो वीर देसाई रोडको अफिसमा दुईजना चोरले मेरो अफिसको दुई वटा ढोका तोडेर लेखा विभागको पूरै सेफ (जुन सायद तोड्न सकेनन्) र हाम्रो कम्पनीले निर्माण गरेको फिल्मको नेगेटिभ सामान चोरेर लगेका थिए । हाम्रो कार्यालयले एफआईआर दर्ता गरेको छ । सीसीटीभी क्यामेरामा दुवैजना सामान बोकेर अटोमा बसेको देखिएकाले छिट्टै चोरहरु समातिने प्रहरीले आश्वासन दिएको छ । भगवानले उनिहरुलाई सद्बुद्धि दिउन ।’
चोरहरूले ताला तोडेर नगद सहित करिब ४.१५ लाख भारु बराबरको सामान चोरेको प्रहरी अधिकारीले बताए ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया