संखुवासभाका ७ कर्मचारी बढुवा सिफारिसमा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय संखुवासभाले विभिन्न सेवा र समूहका ७ जनालाई राजपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरहका पदमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो ।
लोक सेवा आयोग धनकुटा कार्यालयबाट प्रतिशत निर्धारण भइ आए बमोजिम निजामती सेवा ऐन २०४९ को दफा २४ च (१) को प्रयोजनका लागि बढुवा समितिले सिफारिस गरेको सूचनामा उल्लेख छ । सो दफामा, दफा २० बमोजिम बढुवा समितिले गरेको बढुवाको सिफारिसमा चित्त नबुझ्ने सम्बन्धित निजामती कर्मचारीले त्यस्तो सिफारिस गरेको मितिले पैंतीस दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सक्नेछ र त्यसरी परेको उजुरीमा उजुरी गर्ने म्याद नाघेको मितिले साठी दिनभित्र टुंगो लगाइने उल्लेख छ ।
बढुवा समितिले पुर्ण सिं लिम्बुलाई नायब सुब्बामा बढुवा गरी जिल्ला हुलाक कार्यालय खाँदबारीमा सिफारिस गरेको छ ।
यस्तै मदन कुमार कोइरालालाई जिल्ला प्रशासन कार्यालयमा, अजित भुजेललाई नापी कार्यालय चैनपुरमा, श्याम कुमार राईलाई इलाका प्रशासन कार्याल चैनपुरमा, निमछिरी शेर्पालाई मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालय हेदाङदामा, विक्रम भण्डारीलाई नापी कार्यालय खाँदबारीमा, विरेन्द्र कुमार भगतलाई संखुवासभा जिल्ला अदालत चैनपुरमा सिफारिस गरिएको छ ।
सबै उम्मेदवार विभिन्न सेवा र समूहका भएपनि बढुवा सिफारिस भएको पद भने नायब सुब्बा वा सो सरहको रहेको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया