रञ्जना न्यौपानेको म्युजिक भिडियो ‘बन्द खाम’ सार्वजनिक

काठमाडौँ । कवि एवं गीतकार रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा न्यौपानेको शब्दमा बिन्दु परियारको स्वर रहेको छ ।
गजल शैलीको सो गीतमा सुदीप सागरले सङ्गीत संयोजन गरेका छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
म्युजिक भिडियोमा रविना बाकेको निर्देशन रहेको छ भने बालकुमार मगरले छायाङ्कन र सम्पादन गरेका हुन् । सहायक छायाङ्कनमा गोपाल मगरले सहयोग गरेका छन् ।
न्यौपानेको शब्द रहेको यो गीतमा उनी आफैँले मोडलिङ समेत गरेकी छिन् । मोडलिङमा न्यौपानेलाई उनका श्रीमान् उमेश सापकोटाले साथ दिएका छन् ।
म्युजिक भिडियोमा प्रेमिल जोडीको माया पिरतीका विभिन्न क्षणहरूलाई प्रस्तुत गरिएको छ । न्यौपानेको रेकर्ड गरिएको यो पहिलो गीत तथा म्युजिक भिडियो हो ।
आगामी दिनमा फरक खालका विभिन्न गीत सङ्गीत रेकर्ड गने र म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिने न्यौपानेले बताएकी छिन् ।















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया