रञ्जना न्यौपानेको म्युजिक भिडियो ‘बन्द खाम’ सार्वजनिक

काठमाडौँ । कवि एवं गीतकार रञ्जना न्यौपानेको गीत ‘बन्द खाम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा न्यौपानेको शब्दमा बिन्दु परियारको स्वर रहेको छ ।
गजल शैलीको सो गीतमा सुदीप सागरले सङ्गीत संयोजन गरेका छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
म्युजिक भिडियोमा रविना बाकेको निर्देशन रहेको छ भने बालकुमार मगरले छायाङ्कन र सम्पादन गरेका हुन् । सहायक छायाङ्कनमा गोपाल मगरले सहयोग गरेका छन् ।
न्यौपानेको शब्द रहेको यो गीतमा उनी आफैँले मोडलिङ समेत गरेकी छिन् । मोडलिङमा न्यौपानेलाई उनका श्रीमान् उमेश सापकोटाले साथ दिएका छन् ।
म्युजिक भिडियोमा प्रेमिल जोडीको माया पिरतीका विभिन्न क्षणहरूलाई प्रस्तुत गरिएको छ । न्यौपानेको रेकर्ड गरिएको यो पहिलो गीत तथा म्युजिक भिडियो हो ।
आगामी दिनमा फरक खालका विभिन्न गीत सङ्गीत रेकर्ड गने र म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिने न्यौपानेले बताएकी छिन् ।









यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
दोस्रो संस्करणको एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा कर्णाली र लुम्बिनी भिड्दै
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया