शनिबार, माघ ३, २०८२

पहिरामा परी लमजुङमा ४ जनाको मृत्यु

मेरोन्यूज २०८१ असार १२ गते १३:१४

लमजुङ। जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ ।

पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले राससलाई बताए । उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।

प्रतिक्रिया