हनिमुनमा सोनाक्षी-जहीर

काठमाडौँ । सोनाक्षी सिन्हाले जहीर इकबालसँगको रोमान्टिक तस्विर सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यी तस्बिरहरू दुवैको हनिमुनका बेला खिचिएका हुन्, यद्यपि यी दुवैले आफ्नो हनिमुन कहाँ मनाउँदैछन् भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।
मंगलबार साँझ सोनाक्षीले आफ्नो इन्स्टाग्राम स्टोरीमा जहीरसँग स्विमिङ पुलमा रहेको तस्बिर सेयर गरेकी छिन् ।
तस्बिरहरूमा जहीर-सोनाक्षी एक अग्लो भवनको स्विमिङ पुलमा रहेको बुझ्न सकिन्छ । तस्विर शेयर गर्दै सोनाक्षीले लेखिन्, ‘सुन्दर सूर्यास्त’ । यससँगै उनले हार्ट इमोजी पनि बनाएका छन् ।
जहीरले यी तस्विरहरू पुनः सेयर गर्दै सोनाक्षीको लागि रोमान्टिक क्याप्सन पनि लेखेका छन् । सोनाक्षीको सौन्दर्यको तुलनामा सूर्यास्त फिक्का भएको भन्दै उनले लेखेका छन्, ‘मैले योभन्दा धेरै सुन्दरता देखेको छु ।
सोनाक्षीले गत जुन २३ मा जहीरसँग विवाह गरेकी हुन् । उनले दर्ता विवाह गरेकी हुन् । उनको विवाहपछि हिन्दु-मुश्लिम विवाह भएको भन्दै विवाद समेत भएको छ । उनका भाई विवाहमा उपस्थित नभएको विषय पनि भारतीय मिडियामा चर्चाको विषय बनिरहेको छ ।
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया