पर्यटकीयस्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति

तुलसीपुर । दाङको पर्यटकीयस्थल पुरन्धारा झरना जाने सडक स्तरोन्नति सुरु भएको छ ।
बबई गाउँपालिका पूर्वाधार शाखाका इञ्जिनियर राजेश देवकोटाले करिब रु ६५ लाख ६५ हजार एक सय ८५ रुपैयाँको लागतमा सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्न थालिएको जानकारी दिए ।
बबई गाउँपालिका–५ को गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने करिब नौ सय मिटर सडक कालोपत्रको काम भइरहेको हो ।
सङ्घ सरकार र स्थानीय सरकारको ५०/५० प्रतिशत लागत सहभागितामा सडक स्तरोन्नतिको काम अगाडि बढेको देवकोटाले बताउ। सडक स्तरोन्नतिसँगै यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास गरिएको छ । स्थानीय दीपक शाहका अनुसार विगतमा राम्रो बाटो नहुँदा यो झरना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको थिएन ।
“विगतमा सडक नहुँदा वर्षात्को समयमा पर्यटक आउँदैनथे तर अहिले सडक स्तरोन्नतिको भएको छ । ”, उनले भने, “त्यसले गर्दा वर्षात्मा पनि त्यहाँ दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।”









मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया