पौडी प्रतियोगिताको तयारी पूरा, ३५१ खेलाडी सहभागी हुने

काठमाडौं । नेपाल पौडी संघले यही असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
आयोजक नेपाल पौडी संघका सचिव गंगालाल गोलेका अनुसार प्रतियोगितामा ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विधाहरुमा खेलाइनेछ ।
उक्त पौडी प्रतियोगितामा ८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी हुनेछन् ।
संघले खेलाडीहरुको सहजताको लागि डिजिटल रजिष्ट्रेसनको व्यवस्था गरिएसंगै विगतको प्रतियोगितामा भन्दा यो प्रतियोगितामा उलेख्य खेलाडीहरुको सहभागिता रहेको संघले जनाएको छ ।
संघको गत वैशाख ८ गते सम्पन्न अधिवेशन पश्चात निर्वाचित नयाँ कार्य समितिले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो ।
यस प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिताले नेपालमा पौडी खेलाडीहरुको आकर्षणको केन्द्र मात्र हैन संघलाई यसको विकास र विस्तारमा थप जिम्मेवार पनि बनाएको संघका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया