फिल्ममा डेब्यु गर्दै कमला घिमिरे
मेरोन्यूज
२०८१ असार २४ गते १३:५१

काठमाडौं। दोहोरी गायिका कमला घिमिरे फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले फिल्म ‘माइली’बाट डेब्यु गर्न लागेकी हुन् । यसै साताले कमलाले फिल्म साइन गरेकी हुन् ।
बाबुसाहेब बलामीको निर्देशन रहने ‘माइली’मा अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रियंका कार्कीको पनि मुख्य भूमिका रहनेछ । यही असार अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौंसहित दुबईमा पनि खिच्ने तयारी गरिएको छ ।
फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद लेखन र राजेन्द्र बजगाईंको संगीत रहेको छ ।
कमलाले राजु परियार, कृष्ण कँडेल, मिलन लामा जस्ता चर्चित गायकहरुसँग लाइभ दोहोरी गाइसकेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया