भक्तपुरमा सकियो खेलकुद उत्सव २०८१: उत्कृष्ट खेलाडीहरु पुरस्कृत

भक्तपुर । भक्तपुरमा भएको चारदिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चांँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरु पुरस्कृत भएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरियो । कलेजको विद्यार्थी कल्याण तथा इसीए महाशाखाका प्रमुख विष्णुप्रसाद भण्डारी र प्राध्यापक आशिष झाले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा छात्र एकल ब्याडमिन्टनमा विजेता सन्तोष लामा घोषित भए । प्रतियोगितामा फस्ट रनर अप युवराज पोखरेल र सेकेन्ड रनर अप बिपिन सिंह घोषित भए । छात्रा एकल ब्याडमिन्टनमा
विजेता निकिता भट्ट रहिन् । पहिलो रनर अप स्मृति पौड्याल र दोस्रो रनर अप आँचल यादव रहे । छात्र डबल ब्याडमिन्टनमा विपिन सिंह र निश्चल बुढाथोकी जोडी प्रथम भए । फस्ट रनर अप मञ्जिल श्रेष्ठ र रविन अधिकारी तथा सेकेन्ड रनर अप सुञ्जन श्रेष्ठ र निकेश केशरी भए । छात्रा डबल ब्याडमिन्टनमा विजेता निकिता भट्ट र अर्चना भट्टराईको जोडी विजयी बने । फस्ट रनर अप सुष्मा भट्टराई र उत्सया आरएल राणा तथा सेकेन्ड रनर अप अस्मा गेलाल र समीक्षा रेग्मी रहे ।












कस्तो रहला आज दिनभरकाे मौसम ?
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया