पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदानमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बिहान ९ वजेदेखि बेलुकी ६ वजेसम्म हुने मतदानमा देशभरबाट १३ हजार १ सय ८० पत्रकारले मतदान गरिरहेका छन् । उक्त मतदान सबै जिल्ला जारी छ । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।

अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान गर्न सकिन्छ ।

अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौं उपत्याकाका १९ स्थानमा निर्वाचन क्षेत्र रहेका छन् ।

काठमाडौं उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान भैरहेको छ ।





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















इलाम–२ मा सुहाङको अग्रता कायमै
१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै इन्डोनेसिया
महोत्तरीका ४ वटै क्षेत्रमा रास्वपाको अग्रता
ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको अग्रता
सर्लाही ४ : अमरेशले बढाए मतान्तर, पछ्याउदै गगन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया