बढेन डोटीमा कृषि बीमा गर्नेको सङ्ख्या

डोटी । जलवायु परिवर्तनका कारण मौसममा आउने उतारचढावले गर्दा किसानले बर्सेनि क्षति बेहोर्नु परेको छ । कहिले सुक्खा तथा कहिले अत्यधिक वर्षा, असिना, बाढी, पहिरो, रोगव्याधिजस्ता जोखिमका कारण बालीनालीको क्षति हुने गरेको छ ।
यस्ता जोखिमलाई सम्बोधन गर्नका लागि कृषि बीमा कार्यक्रम लागू गरिएको छ । किसानलाई सुरक्षित अनुभूति गराउने तथा व्यावसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले २०६९ मा ‘बाली तथा पशुपक्षी बीमा निर्देशिका–२०६९’ जारी गरी कृषि बीमा सुरु गरिएको थियो ।
बीमा कार्यक्रम लागू भएको लामो समय भइसक्दा पनि जिल्लाका किसानहरूमा यसप्रति आकर्षण बढेको देखिँदैन । नेपाल बीमा प्राधिकरण धनगढीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २३ जनाले कृषि (बाली) बीमा गरेका छन् । यस आर्थिक वर्षमा एकजनाले किवी र २२ जनाले सुन्तलाको बीमा गरेका छन् । उनीहरुले गरेको बीमाको रकम ७६ लाख ९६ हजार ९० रुपैयाँ ३७ पैसा बराबरको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा कृषि बीमा लेखको सङ्ख्या दश मात्रै रहेको थियो । दशओटा बीमालेखमा एकजना व्यक्तिले सुन्तला, एकजनाले आलु, दुईजनाले धान र बाँकी सहकारीहरूले विभिन्न अन्नबालीको बीमा गरेको पाइएको छ । यस वर्षको जम्मा बीमा रकम रु एक करोड ४५ लाख ७२ हजार बराबरको थियो । नेपाल बीमा प्राधिकरण धनगढीले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा कृषि ९बाली० बीमा गर्नेको सङ्ख्या शून्य रहेको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड डोटी शाखाका इन्चार्ज आदित्य चन्दले जिल्लामा बाली बीमा गर्नेको सङ्ख्या न्यून रहेकाले किसान जागरुक हुनुपर्ने बताए। केही किसान बीमा गर्न चाहने भए पनि उनीहरूको आवश्यक प्रक्रिया पूरा नहुने गरेको उनको भनाइ छ । उनीका अनुसार बाली बीमा गर्न कम्तीमा दुई रोपनी जमिनमा खेती गरिएको हुनुपर्ने, जग्गाधनीपुर्जा हुनुपर्ने लगायत विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले किसानले बीमाको उपयोग गर्न नसक्नु दुःखद भएको बताए । बीमा गर्दा अपनाउनुपर्ने झन्झटिलो प्रक्रियाका कारण किसानले चाहेर पनि बीमा गर्न नसकिरहेको उनले बताए ।
उनले भने, “बीमा प्रक्रिया झन्झटिलो छ, कतै सरकारले तोकेको मापदण्ड पुग्दैन, कतै बीमा कम्पनीहरूले नै उच्च चासो राख्दैनन्, अर्कोतिर यहाँका बीमा कम्पनीहरूका आफ्ना प्राविधिक पनि छैनन् जसले गर्दा बीमा गर्न साह्रै समस्या हुने गरेको छ ।”
















अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया