कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिएको छ : नारायणमान बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण समस्याको रूपमा रहेको बताए ।
अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरू अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको र उनीहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म यो क्रमलाई रोक्न नसकिने धारणा राखे ।
“रोजगारीदेखि शिक्षाका लागि विदेशिने क्रम बढ्दो छ । नेपालका कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकमार्फत मार्गनिर्देशन गरिरहनुपर्छ । रोजगारीका अवसर सिर्जना गर्न सरकारले पनि विशेष ध्यान दिन आवश्यक छ”, उनले भने ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मावि र शारदा क्याम्पसमा २०८१ मा ५६ जिल्लाका एक हजार ६ सय ८० विद्यार्थी अध्ययन गरिरहेको बताए ।
कार्यक्रममा प्राडा सिद्धिवीर कर्माचार्यले सहिद स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरी रु चार लाख ४४ हजार चार सय ४४ बराबरको छात्रवृत्ति रकम कलेजलाई हस्तान्तरण गरेका थिए ।
















उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया