‘मेराे र ऐश्वर्याको डिभोर्स हुँदैछ’, अभिषेक बच्चनको डिपफेक भिडियो भाइरल

काठमाडौं । केही समययता बलिउड अभिनेता अभिषेक बच्चन र उनकी श्रीमती ऐश्वर्या राय बच्चनको सम्बन्ध राम्रो नभएको चर्चा भइरहेको छ । उनीहरुको सम्बन्धविच्छेदको खबर पनि बाहिर आएको छ ।
यसैबीच सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ जसमा अभिषेक बच्चनले ऐश्वर्या रायसँग डिभोर्सको घोषणा गरिरहेका छन् ।
यस भिडियोमा अभिनेता भन्छन्, ‘यस जुलाईमा ऐश्वर्या र मैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छौं । पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेनन् । तर, आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु ।’
तर, अनुसन्धानमा यो भिडियो नक्कली भएको खुलेको छ । यसमा अभिषेक लिप सिङ्किङसँग पटक्कै मेल खाइरहेका छैनन् । यो भाइरल भिडियो एआई प्रविधि वा कुनै अनलाइन उपकरण प्रयोग गरेर बनाइएको बताइएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो भिडियोको निन्दा गरेका छन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया