शाहरुख खान पुगे ‘दिलवाले दुल्हनिया ले जायेंगे’ सुटिङ भएको स्थान

मुम्बई । बलिउड अभिनेता शाहरुख खान यतिखेर स्विजरल्याण्डमा छन् ।
उनी त्यहाँ कुनै फिल्मको सुटिङ वा छुट्टी मनाउन नभई भारतलाई फेरि एकपटक गौरव गर्न पुगेका हुन् । वास्तवमा, किंग खान लोकार्नो फिल्म फेस्टिभलमा प्रतिष्ठित पारदो अल्ला करियर अवार्ड प्राप्त गर्ने पहिलो भारतीय बनेका छन्। जसका कारण उनी ७७ औँ फिल्म फेस्टिभलमा अवार्ड लिन स्वीट्जरल्याण्ड पुगेका हुन् ।
उनले ‘दिलवाले दुल्हनिया ले जायेंगे अर्थात डिडिएलजे को सुटिङको पल सम्झिरहेको जनाएका छन् । हामी तपाईंलाई बताउँन चाहन्छौं कि ‘डर’ र ‘दिलवाले दुल्हनिया ले जायेंगे’ जस्ता शाहखका ब्लकब्लस्टर फिल्महरू यहाँ छायांकन गरिएको थियो ।
सुन्दर स्थानमा रहेको आफ्नो अनुभव सम्झँदै उनले भने, ‘यो स्थान धेरै राम्रो छ। म यहाँ अहिले हुँदा चाँही यहाँ अलि गर्मी हुन्छ। सामान्यतया, यो धेरै कुल र राम्रो छ।’
स्विट्जरल्याण्डमा उनको सबैभन्दा मनपर्ने सम्झनाको बारेमा सोध्दा शाहरुख खानले सम्झना गरे, ‘यहाँ आएर मैले यश चोपडासँग काम गरे र हामीले गरेका सबै कुरा साँच्चै राम्रो थियो। हामीले ९० को दशकमा धेरै समय यहाँ बितायौं, यही नै मैले धेरै काम गरे ।’
उनका अनुसार सन् १९७७ को अन्त्यमा स्विट्जरल्याण्ड आउनु नै ठूलो कुरा थियो र अहिले म यति वर्षपछि यहाँ आउँदा मानिसहरूले ती फिल्महरू सम्झन्छन्।
यसबाहेक शाहरुख खान त्यहाँ जान चाहान्छन त ? जहाँ उनले डिडिएलजे शूट भएको थियो ताकि उसले ती यादगार पलहरूलाई पुनः ताजा गर्न सकुन ।
शाहरुख खानले जवाफ दिए, ‘मलाई त्यहाँबाट तस्बिरहरू पठाउनुहोस्। मलाई तिनीहरूको सम्झना छैन। त्यसैले मलाई चित्रहरू पठाई दिनुहोस् ताकी म पुराना दिनहरु याद गर्न सकु र भ्याइयो भने जान पनि सकुँ ।’
यसका साथै उनले लोकार्नो फिल्म फेस्टिभलमा सहभागी हुन पाउँदा आफू निकै खुसी भएको बताउँदै भने, ‘मलाई यो ठाउँको सहजता मन पर्छ, उनीहरुले अवार्ड समारोह आयोजना गर्ने गरिमा र म यहाँ आउन पाउँदा निकै खुसी छु ।’
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया