दुर्घटनामा परी रौतहटमा प्रहरी जवानको मृत्यु

रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ।
चन्द्रनिगाहपुर बाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको आईतवार साँझ निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई तत्कालै चन्द्रनिगाहपुर स्थित हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए। मोटरसाईकल पछाडि सवार २५ वर्षीय नविनकुमार चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।
घाईते चौधरीको चन्द्रपुर स्थित अस्पतालमा उपचार भइरहेको, मृतकको शव पोष्टमार्टमका लागि पठाईएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया