शुक्रबार, फागुन ८, २०८२

दुर्घटनामा परी रौतहटमा प्रहरी जवानको मृत्यु

मेरोन्यूज २०८१ साउन २८ गते १०:३३

रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

चन्द्रनिगाहपुर बाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको आईतवार साँझ निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।  

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई तत्कालै चन्द्रनिगाहपुर स्थित हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका लागि  लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए। मोटरसाईकल पछाडि सवार २५ वर्षीय नविनकुमार चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।

घाईते चौधरीको चन्द्रपुर स्थित अस्पतालमा उपचार भइरहेको, मृतकको शव पोष्टमार्टमका लागि पठाईएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया