गैँडा गणना सकियो, आज नतिजा सार्वजनिक गरिने

काठमाडौ । चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना सकिएको छ । शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको समेत गणना सकिएकाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । नतिजा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको छ ।
गैडा गणनामा ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक खटिएका थिए । हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गर्ने गरिएको भएपनि कोरोना महामारीका कारण यसपटक एक वर्ष ढिला भएको हो । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।
निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।
यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो। गैँडा गणनाका क्रममा बर्दियामा एकजना गणकमाथि बाघले आग्रमण गर्दा मृत्युसमेत भएको थियो ।

















PM Karki visits Muktinath, instructs dist based officials to ensure a successful election
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की
अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया