पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
मेरोन्यूज
२०८१ भदौ ४ गते ९:५८

त्रिवेणी (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए
। जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताए।
कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
सम्बन्धित
















बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया