शुक्रबार, पुष १८, २०८२

मधेस युनाइटेडबाट खेल्दै काजकिस्तानकी स्पाइकर कालिनोभा

मेरोन्यूज २०८१ भदौ ४ गते १८:३८

काठमाडौं । मधेस युनाइटेडले विदेशी खेलाडी भित्र्याएको छ।

एभरेष्ट वुमन्स भलिबल लिगका लागि मधेस युनाइटेडले काजकिस्तानकी भलिबल खेलाडी कालिनोभा यभजेनियालाई भित्र्याएको हो ।

‘काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाइटेडबाट खेल्नेछिन् । उनलाई मधेश युनाइटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ’, क्लबले विज्ञप्तिमा भनेको छ ।

१८० सेन्टिमिटर अग्ली र ३५ वर्षीया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै त्यहाँको घरेलु लिग खेलेको अनुभव छ ।

कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताइन्।

‘मधेस प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु। मधेस युनाइटेडबाट खेल्दैछु। हाम्रो टिमलाई समर्थन गर्नुहोला।’

प्रतिक्रिया