मधेस युनाइटेडबाट खेल्दै काजकिस्तानकी स्पाइकर कालिनोभा
मेरोन्यूज
२०८१ भदौ ४ गते १८:३८

काठमाडौं । मधेस युनाइटेडले विदेशी खेलाडी भित्र्याएको छ।
एभरेष्ट वुमन्स भलिबल लिगका लागि मधेस युनाइटेडले काजकिस्तानकी भलिबल खेलाडी कालिनोभा यभजेनियालाई भित्र्याएको हो ।
‘काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाइटेडबाट खेल्नेछिन् । उनलाई मधेश युनाइटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ’, क्लबले विज्ञप्तिमा भनेको छ ।
१८० सेन्टिमिटर अग्ली र ३५ वर्षीया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै त्यहाँको घरेलु लिग खेलेको अनुभव छ ।
कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताइन्।
‘मधेस प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु। मधेस युनाइटेडबाट खेल्दैछु। हाम्रो टिमलाई समर्थन गर्नुहोला।’
सम्बन्धित
















टीकापुर थारू साहित्य तथा सास्ंकृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया