राजकुमार र श्रद्धाकाे स्त्री- २ ले कमायो ४०० करोड

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको दोस्रो सातामा फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ४०१ करोड ६५ लाख कमाई गरेको छ ।
फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड, शनिबार ४५ करोड ७० लाख, आइतबार ५८ करोड २० लाख, सोमबार ३८ करोड ९० लाख, मंगलबार २६ करोड ८० लाख, बुधबार २० करोड ४० लाख र विहिबार १८ करोड २० लाख कमाएको थियो ।
त्यस्तै शुक्रबार १९ करोड ३० लाख, शनिबार ३३ करोड ८० लाख र आइतबार ४० करोड ७५ लाख कमाई गरेको छ ।
त्यस्तै फिल्मले रिलिजको दोस्रो सातामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । स्त्री-२ ले रिलिजको दोस्रो सातामा अहिलेसम्मकै धेरै ९३ करोड ८५ लाख कमाई गरेको छ । यस अघि फिल्म गदर -२ ले रिलिजको दोस्रो सातामा ९० करोड ४७ लाख कमाई गरेको थियो भने फिल्म एनिमलले ८७ करोड ५६ लाख कमाई गरेको थियो ।
करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।
अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया