शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रण बाहिर, हेलिकोप्टरबाट पानी खसालिँदै

तस्वीर : आकाश तामाङकाे फेसबुकबाट ।
काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि हेलिकोप्टरबाट पानी खसालिएको छ । बूढानीलकण्ठ नगरपालिका–२ तैलुङको जंगलमा लागेको डढेलो निभाउन सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खसालिएको हो ।
आइतबार बिहानदेखि उक्त क्षेत्रमा डढेलो सल्किरहेको छ । दुई/तीन वटा हेलिकोप्टरबाट पानी ओसारेर जंगलमा खसालिएको छ । आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की (व्याम्बी बकेट) को प्रयोग गरिएको छ । उक्त डढेलो नियन्त्रण गर्न नेपाली सेनाको महेन्द्रदल गणबाट तीन वटा दमकलसहित ७६ जनाको अग्नि नियन्त्रक टोली खटिइएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो । यसअघि पाथीभरामा लागेको आगो नियन्त्रणका लागि पनि हेलिकप्टर प्रयोग गरिएको थियो ।
यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको जनाइएको छ । स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घ संस्था, समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास जारी राखेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण, खानेपानी, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मेलम्ची खानेपानी आयोजनालगायतको समन्वयमा आगलागी नियन्त्रणको काम भइरहेको छ । हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन पोखरीको पानी प्रयोग गरेको छ ।
पानी खसालेपछि आगलागी नियन्त्रणतर्फउन्मुख रहेको पोखरेलले जानकारी दिए । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाको मुख्य पानीको स्रोत भएको त्यहाँका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिए ।

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
प्रतिक्रिया