अक्षयले सार्वजनिक गरे फिल्म ‘भूत बङ्गला’ को फर्स्ट लूक
मेरोन्यूज
२०८१ भदौ २४ गते १८:०६

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमारले आफ्नाे आगामी फिल्म ‘भूत बङ्गला’ को फर्स्ट लूक सार्वजनिक गरेका छन् ।
आफ्नाे ५६औं जन्मदिनकाे अवसरमा उनले फिल्मकाे फर्स्ट लूक सार्वजनिक गरेका हुन् ।
आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्मकाे पहिलो झलक साझा गर्दै अक्षयले लेखेका छन्, ‘वर्षौँदेखि मेरो जन्मदिनमा तपाईंहरूको माया र समर्थनको लागि धन्यवाद ! यस वर्षको उत्सव ‘भूत बङ्गला’ को पहिलो झलकको साथमा । म १४ वर्षपछि प्रियदर्शनसँग फेरि जोडिन पाउँदा अत्यन्त उत्साहित छु । यो सहकार्यको सपना धेरै समयदेखि पेंडिङ थियो । म यो यात्रा तपाईंहरूसँग साझा गर्न बेस्सरी प्रतीक्षारत छु ।’
उनको यस फिल्मको पहिलो मोशन पोस्टरलाई दर्शकले मन पराएका छन् ।
‘भूत बङ्गला’ एक हरर् कमेडी हो, जसको २०२५ मा रिलिज हुने अपेक्षा गरिएको छ । यसको सुटिङ चाँडै सुरु हुनेछ ।
सम्बन्धित









ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
आजका लागि सागसब्जी र फलफूलको मूल्य
आज विश्व बाल दिवस, आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन
World Children’s Day being observed today
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया