अक्षयले सार्वजनिक गरे फिल्म ‘भूत बङ्गला’ को फर्स्ट लूक
मेरोन्यूज
२०८१ भदौ २४ गते १८:०६

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमारले आफ्नाे आगामी फिल्म ‘भूत बङ्गला’ को फर्स्ट लूक सार्वजनिक गरेका छन् ।
आफ्नाे ५६औं जन्मदिनकाे अवसरमा उनले फिल्मकाे फर्स्ट लूक सार्वजनिक गरेका हुन् ।
आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्मकाे पहिलो झलक साझा गर्दै अक्षयले लेखेका छन्, ‘वर्षौँदेखि मेरो जन्मदिनमा तपाईंहरूको माया र समर्थनको लागि धन्यवाद ! यस वर्षको उत्सव ‘भूत बङ्गला’ को पहिलो झलकको साथमा । म १४ वर्षपछि प्रियदर्शनसँग फेरि जोडिन पाउँदा अत्यन्त उत्साहित छु । यो सहकार्यको सपना धेरै समयदेखि पेंडिङ थियो । म यो यात्रा तपाईंहरूसँग साझा गर्न बेस्सरी प्रतीक्षारत छु ।’
उनको यस फिल्मको पहिलो मोशन पोस्टरलाई दर्शकले मन पराएका छन् ।
‘भूत बङ्गला’ एक हरर् कमेडी हो, जसको २०२५ मा रिलिज हुने अपेक्षा गरिएको छ । यसको सुटिङ चाँडै सुरु हुनेछ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया