विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे । ‘नेपालको आफ्नै पौराणिकता छ । यसको आफ्नै गौरव छ । विश्वका कतिपय मुलुकहरु अस्तित्वमै नआएका बेला हाम्रो पुर्खाहरु ज्ञान–विज्ञानको शास्त्रार्थ गर्दै थिए । हाम्रा असङ्गठित विश्वविद्यालयका रुपमा शिवलाई मानिन्छ । त्यस अर्थमा यस भूभागले विश्वलाई प्रेरणा दिएको छ ।’
बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारीलगायत सहभागी थिए ।













दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया