फिल्म ‘तेल भिसा’ को दोस्रो गीत सार्वजनिक (भिडियाे)
काठमाडौँ । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ सार्वजनिक गरिएको छ ।
कृष्ण भारद्वाजको संगीत तथा निर्विकल्पम, कृष्ण भारद्वाज, शंकर अधिकारी (घायल) र नवीन बिकको शब्द रचना रहेको गीतमा शान्तिश्री परियार र साइराज खातीको गायन छ ।
रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका शीर्ष अभिनेता विपिन कार्की, अभिनेत्री पूजा चन्दसहितका कलाकारहरु नृत्य गर्दै प्रस्तुत छन् । गीतको सेटअपले बिहेको माहोल दर्शाउँछ । विपिन र पूजा श्रीमान्-श्रीमतीको रुपमा देखिएका छन् ।
शंकर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विपिन अर्धवैसे र जवान गरी दोहोरो भूमिकामा छन् । फिल्ममा वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको पनि अभिनय छ ।
ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको ‘तेल भिसा’मा अनिल पाण्डे र शिवराज कार्की निर्मातामा छन् । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन तथा अजय खड्काको सम्पादन छ ।
गीतको लिंक- https://youtu.be/ZxR-KPJ4kNo
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया