मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी (कैलाली) । मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न रु ५२ करोड लागतमा निर्माणाधीन तटबन्ध अन्तिम चरणमा पुगेको हो ।
‘जनताको तटबन्ध’ कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल इञ्जिनियर श्रीप्रसाद शाहका अनुसार ती दुवै नदीमा १२ चरणमा निर्माणाधीन १२ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको हो । निर्माण कम्पनीले ती दुवै नदीमा फरकफरक चरणमा तटबन्ध निर्माण गरिरहेकोमा सबै चरणको काम सकिन लागेको उनले जानकारी दिए ।
इञ्जिनियर शाहले ठेकेदार कम्पनीसँग गत आर्थिक वर्षभित्रै तटबन्धको काम सम्पन्न गर्नेगरी सम्झौता भएकामा वर्षाका समयमा निर्माण सामग्री ढुवानीमा समस्या भएपछि केही ढिलाइ भएको बताए ।
तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका-३ स्थित मोहना नदीमा सात सय मिटर, सोही नदीको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–९ मा एक हजार तीन सय ५० मिटर, मोहना नदीमा पिआरटिडब्लु-१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ पाँच सय २० मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।
धनगढी-१३ स्थित श्रीलङ्कामा चार सय ३० मिटर, कृष्णपुर नगरपालिका-१, मोहना नदीमा छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माण सम्पन्न भएको कार्यालयका इञ्जिनियर शाहले जानकारी दिए ।
गोदावरी नगरपालिकाको अर्जुन टोलमा खुटिया नदीमा एक हजार छ सय मिटर, वडा नं ७ मा तीन सय मिटर र गौरीगङ्गा नगरपालिकाको उत्तर खैरेनीतर्फ आठ सय मिटर तटबन्ध निर्माण सकिन लागेको कार्यालय प्रमुखसमेत रहेका सिनियर डिभिजनल इञ्जिनियर शाहले बताए ।
उनले गोदावरी नगरपालिकाको धनचौरीमा एक हजार मिटर र धनगढी-१५ तरबरियामा चार सय मिटर तटबन्ध निर्माण केही दिना सम्पन्न हुने जानकारी दिए । वर्षायाममा मोहना र खुटिया नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा जनताको तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुगेको छ ।
















Composition of the 15-member Council of Ministers
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया