‘सिंघम–३’ मा सलमानको क्यामियो नहुने

काठमाडौं । हालै अजय देवगनको आगामी फिल्म ‘सिंघम ३’ मा सलमान खानको क्यामियो हुने चर्चा थियो । फिल्म ‘दबंग’ काे चुलबुल पाण्डेको भूमिकामा सलमान ‘सिंघम ३’ मा प्रवेश गर्ने सुनिएको थियो ।
तर ई-टाइम्सको रिपोर्टका अनुसार सलमान यस फिल्मको हिस्सा हुने छैनन्। यस विषयमा फिल्म निर्माता रोहित शेट्टीको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
‘ सिंघम ३’ एक मल्टिस्टार फिल्म हो । यसमा ‘सूर्यवंशी’ अक्षय कुमार र ‘सिम्बा’ रणवीर सिंहको पनि महत्वपूर्ण भूमिका रहनेछ ।
यस फिल्ममा करीना कपुर खान, दीपिका पादुकोण, ज्याकी श्राफ, टाइगर श्राफ र अर्जुन कपूर पनि देखिनेछन् । यो फिल्म यस वर्ष दीपावलीको अवसरमा हलमा रिलिज हुँदैछ ।
हाल सलमान एआर मुरुगादाससँग फिल्म ‘सिकंदर’को सुटिङमा व्यस्त छन् । यो फिल्म अर्को वर्षको इदमा रिलिज हुँदैछ । यसमा रश्मिका मन्डन्ना पहिलो पटक सलमानको अपोजिटमा देखिनेछिन् ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया