स्त्री-२ बन्यो सर्वाधिक कमाई गर्ने बलिवुडको दोस्रो फिल्म

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ६०० करोड पार गरेको छ ।
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको छैटौं सातापछि आइतबारसम्म ६०४ करोड २२ लाख कमाई गरेको छ ।
बलिवुड फिल्मको इतिहासमा ६०० करोड कमाई गर्ने स्त्री- २ दोस्रो फिल्म हो । यस अघि शाहरुख खानको २०२३ को सेप्टेम्बरमा रिलिज भएको फिल्म जवानले ६४३ करोड ८७ लाख कमाई गरेको थियो । जवान अहिलेसम्म भारतीय बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने फिल्म हो । त्यस्तै स्त्री-२ पछि रणवीर कपुरको एनिमलले ५५६ करोड ३६ लाख कमाई गरेको थियो ।
करिब ५० करोडको लागतमा बनेको स्त्री-२ ले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया