ठोरी गाउँपालिकामा नयाँ कुष्ठरोगी भेटिएन

वीरगञ्ज (पर्सा) । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सो आव जिल्लाका १३ पालिकामा एक सय १० कुष्ठरोगी भेटिएका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले पर्सामा ६५ पुरुष र ४५ महिलामा कुष्ठरोगी भेटिएको जानकारी दिनुभयो । “पर्साको १४ पालिकामध्ये तीन वर्षदेखि ठोरी गाउँपालिकामा एउटा पनि कुष्ठरोगीका बिरामी भेटिएको छैनन”, उहाँले भन्नुभयो, “अन्य पालिकामा भने छिटफुट रूपमा कुष्ठरोगी छन् ।”
वीरगञ्ज महानगरपालिकामा सबैभन्दा धेरै ४१ कुष्ठरोगी भेटिएका छन् । त्यस्तै दोस्रो धेरै कुष्ठरोगी भेटिने पालिकामा जगरनाथपुर गाउँपालिका रहेको छ । सो पालिकामा १५ जनामा देखिएको छ ।
यसैगरी विन्ध्वासिनी गाउँपालिकामा १२ जना, छिपरमाई गाउँपालिकामा ९ जनामा कुष्ठरोग देखिएको छ । कार्यालयका अनुसार जिल्लामा आव २०८०/८१ मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने दर प्रतिएक लाखमा १६ दशमलव तीन जना रहेका छन् । त्यस्तै आव २०८०/८१ मा नै कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव छ जना रहेको छ ।
आव २०७९/८० मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने प्रतिएक लाख जनामा १७ दशमलव एक जना छन् । त्यसैगरी आव २०७९/८० मा कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव ७४ जना रहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख डा साहले कार्यालयले कुष्ठरोग नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको बताए ।













छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया