ठोरी गाउँपालिकामा नयाँ कुष्ठरोगी भेटिएन

वीरगञ्ज (पर्सा) । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सो आव जिल्लाका १३ पालिकामा एक सय १० कुष्ठरोगी भेटिएका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले पर्सामा ६५ पुरुष र ४५ महिलामा कुष्ठरोगी भेटिएको जानकारी दिनुभयो । “पर्साको १४ पालिकामध्ये तीन वर्षदेखि ठोरी गाउँपालिकामा एउटा पनि कुष्ठरोगीका बिरामी भेटिएको छैनन”, उहाँले भन्नुभयो, “अन्य पालिकामा भने छिटफुट रूपमा कुष्ठरोगी छन् ।”
वीरगञ्ज महानगरपालिकामा सबैभन्दा धेरै ४१ कुष्ठरोगी भेटिएका छन् । त्यस्तै दोस्रो धेरै कुष्ठरोगी भेटिने पालिकामा जगरनाथपुर गाउँपालिका रहेको छ । सो पालिकामा १५ जनामा देखिएको छ ।
यसैगरी विन्ध्वासिनी गाउँपालिकामा १२ जना, छिपरमाई गाउँपालिकामा ९ जनामा कुष्ठरोग देखिएको छ । कार्यालयका अनुसार जिल्लामा आव २०८०/८१ मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने दर प्रतिएक लाखमा १६ दशमलव तीन जना रहेका छन् । त्यस्तै आव २०८०/८१ मा नै कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव छ जना रहेको छ ।
आव २०७९/८० मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने प्रतिएक लाख जनामा १७ दशमलव एक जना छन् । त्यसैगरी आव २०७९/८० मा कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव ७४ जना रहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख डा साहले कार्यालयले कुष्ठरोग नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको बताए ।
















सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया