सिराहामा आफ्नै बुवाको हत्या गरेको आरोपमा छाेरा पक्राउ
मेरोन्यूज
२०८१ असोज ८ गते १३:३२

सिराहा । सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छाेरा पक्राउ परेका छन् ।
६५ वर्षीय बुवा भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा औरही गाउँपालिका- खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित


















बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया