फिल्म भूल भुलैया- ३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक

काठमाडौँ । कार्तिक आर्यन र तृप्ति डिम्रीको आगामी फिल्म ‘भूल भुलैया ३’ को दर्शकमा निकै क्रेज रहेको छ । फ्यानहरूले यस फिल्मसँग सम्बन्धित हरेक अपडेटमा नजर राखिरहेका छन् ।
बुधबार निर्माण पक्षले यस फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । योसँगै रिलिज पनि पुष्टि भएको छ । पहिलो पोस्टर सस्पेन्सले भरिएको छ । अनीस बज्मी निर्देशित फिल्म ‘भुल भुलैया ३’ दीपावलीको अवसरमा रिलिज हुँदैछ ।
आज सार्वजनिक गरिएको पोस्टरबाट यसको पुष्टि भएको छ । पोस्टरमा एउटा बन्द ढोका देखिन्छ, जसमा ताला झुण्डिएको छ । त्यसमा रुद्राक्ष माला र कालव बाँधिएको हुन्छ । पोस्टर निकै सस्पेन्सफुल छ
पोस्टरसँगै कार्तिकले क्याप्सन लेखेका छन्, ‘यो दिवालीमा ढोका खुल्नेछ’। यो फिल्मसँगै विद्या बालन पनि यो लोकप्रिय फ्रेन्चाइजको तेस्रो सिरिजमा फर्कदै छिन् । विद्या बालन फिल्म ‘भूल भुलैया’ मा मञ्जुलिकाको भूमिकामा देखिएकी थिइन् । तर, दोस्रो पार्टमा विद्या नदेखिएर अब तेस्रो किस्तामा उनको प्रवेश भएको छ ।
‘भूल भुलैया ३’ ले बक्स अफिसमा अजय देवगन र रोहित शेट्टीको ‘सिंघम ३’सँग प्रतिस्पर्धा गर्नेछ । यो चलचित्र टी–सिरिज फिल्म्स र सिने १ स्टुडियोले निर्माण गरेको हो । थिएटर पछि, फिल्म ओटीटी रिलिज हुनेछ । आज रिलिज भएको पोस्टरबाट फिल्म कुन ओटीटीमा रिलिज हुने भन्ने पनि स्पष्ट भएको छ । यो नेटफ्लिक्समा स्ट्रिम हुने बताइएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया