गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण

काठमाडौँ । नेपाल जाइका अलमनाई एशोसियशन (जान) ले ललितपुरको गोदावरी नगरपालिका वडा नं ५ र ६ का बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।जानले जापान नेपाल सोसाइटी, समृद्धिका लागि यथायोग्य कार्य संस्था (आइस्याप) र आफ्ना केही सदस्यहरुको सहयोगमा आज सोमबार पीडित ९४ परिवारका लागि चार हजार किलो खाद्य सामग्री वितरण गरेको हो ।
जान र आइस्यापको संयुक्त टोलीले वडा कार्यालयसँगको समन्वयमा पीडितको घरदैलोमा पुगी नामावली तयार गरी राहत सामग्री उपलब्ध गराएको जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानकारी दिए ।जानले यसवर्षको दसैँ भेटघाट कार्यक्रम रद्द गरी सो कार्यक्रममा खर्च हुने रकम बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेको उनको भनाइ छ । सो क्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो नगर क्षेत्रभित्र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्न तथा विपद्मा परेका परिवारलाई राहत सामग्री उपलब्ध गराएकोमा आभार प्रकट गरे ।
गोदावरी नगरपालिका वडा नं ५ का वडाध्यक्ष मिलन सिलवालले जानले लेले क्षेत्रको समग्र विकासमा र प्राकृतिक विपद् पर्दा जहिल्यै सहयोग गर्दै आएको स्मरण गरे । वडा नं ६ का अध्यक्ष विष्णुमान महर्जनले जान, आइस्याप र जापान नेपाल सोसाइटीबाट भएको यस किसिमको राहत सामग्री वितरणबाट दसैँमा पीडितलाई टेवा मिलेको बताए ।जानले ललितपुरको लेले क्षेत्रमा विगत लामो समयदेखि सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
















एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा आउँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया