कर्णालीमा फ्लोरक्रस गर्ने सांसदलाई मन्त्री पुरस्कार !
बुढा, थापा र शाही मन्त्री नियुक्त

सुर्खेत । नेकपा (एमाले)का सांसदको ‘फ्लोरक्रस’बाट मुख्यमन्त्री पद जोगाएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।
उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिं बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गरेका छन् ।
तीनै जना एमालेका तर्फबाट फ्लोरक्रस गर्ने सांसद् हुन् । शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उनको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो । एमालेका तर्फबाट बुुढा, थापा, शाही र प्रकाश ज्वालाले संसदीय दलको ह्वीप नमानेर मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।
आज मन्त्रीमा नियुक्त तीनै जनालाई एमाले प्रदेश कमिटीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै कारवाही गरेको छ भने ज्वाला महाधिवेशन आयोजक कमिटी सदस्य भएकाले कारवाहीका लागि पार्टी केन्द्रमा सिफारिश गरेको छ ।
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया