कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् त एजेन्डा ?

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक विषय र आसन्न १४ औं महाधिवेशनको विषयमा छलफल गर्न कार्यसमिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा राजनीतिक एजेन्डासँगै महाधिवशेनको कार्यतालिकाका विषयमा छलफल हुने नेता प्रदीप पौडेलले जानकारी दिए ।
कांग्रेसले राजनीतिक विषयमा छलफल गर्न भन्दै यसअघि पटक/पटक बोलाएका बैठक कार्यसूचीमा प्रवेश नै नगरी सकिएका थिए ।
यसअघि चैत २१, २७ र ३० गते बोलाएको बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल नभएपछि सर्दै आएको थियो ।
आजको बैठकमा शनिबार भएको सर्वदलीय बैठक, केन्द्रदेखि प्रदेशसम्मको सत्ता समितिकरण लगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएपनि त्यसले सार्थकता पाउन सकेको छैन । नयाँ सत्तासमिकरणका लागि हालसम्म भएका प्रगतिका विषयमा पनि छलफल हुने बताइएको छ ।
एमाले नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन कांग्रेस सहित माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव खेमा लागि परेको छ । जसपा कै महन्थ ठाकुर र राजेनद्र महतो खेमा भने ओली सरकारलाई नै समर्थन गर्ने मनस्थितिमा छ ।
वागमती र गण्डकी प्रदेशको विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
यस्तै १४ औं महाधिवेशनको कार्यतालिका अन्तर्गत कै क्रियाशील सदस्यता दर्ताको विषयमा पनि छलफल हुने नेता पौडेलले बताए । गत चैत मसान्तसम्ममा क्रियाशील सदस्यता दर्ता प्रक्रिया सक्ने भने पनि हालसम्म ६ लाखको नाम मात्र दर्ता भएको छ ।
९ लाख क्रियाशील सदस्य थप्ने लक्ष्य रहेको कांग्रेसले बताउँदै आएको छ । क्रियाशील सदस्यको नाम दर्ता गर्न अझै समय थप्न पर्ने भएको छ । दर्ताको काम सकिएपछि छानविन गर्नुपर्ने भएकाले आगामी भदौमा महाधिवशेन गर्न यही रफ्तारमा काम गर्दा नभ्याउने पौडेलको भनाई छ ।
भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले अब कार्यतालिका केही संशोधन गरेर भएपनि फास्ट ट्रयाकबाट काम गर्नुपर्ने पौडेल बताउँछन् ।
















एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलरको मुल्य घट्यो
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया