आज मन्त्रिपरिषद् बैठक बस्दै : दल विभाजन सम्बन्धि अध्यादेश आउला ?

काठमाडौं । आज साँझ मन्त्रिपरिषद्को बैठक बस्न लागेकाे छ । साँझ ५:१५ मा सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्री कार्यालय स्राेतले जानकारी दिएकाे छ । बैठकमा नियमित कार्यसूचि बाहेक दल विभाजन सम्बन्धि अध्यादेशसमेत एजेण्डा रहनसक्ने उच्चस्राेतले जानकारी दिएकाे छ ।
हिँजाेसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बैठक बसेकाे थियाे । बैठकमा दल विभाजनसम्बन्धि अध्यादेश ल्याउनेबारेमा सहमति भएकाे बताइन्छ । स्राेतका अनुसार रास्वपा सभापति रवि लामिछाने पक्राउपछिकाे अवस्थाबारे समेत दुई नेताबिच गम्भीर छलफल भएकाे थियाे ।
पक्राउपछि लामिछानेको पक्षमा खासै माहाेल नतातेकाे दुई नेताले निश्कर्ष निकालेका थिए । दुई नेताबीच रास्वपाको आन्दोलनको अवस्था हेरेर अध्यादेश ल्याउने समझदारी भएकाे बुझिएकाे छ । आन्दोलन उग्ररुप लिने अवस्थामा अध्यादेश केही दिनपछि सार्ने अन्यथा आजको मन्त्रिपरिषद् बैठकमा साे अध्यादेश पारित गर्नेगरी गृहकार्य अघि बढेकाे बुझिएको छ ।











आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया