आज मन्त्रिपरिषद् बैठक बस्दै : दल विभाजन सम्बन्धि अध्यादेश आउला ?

काठमाडौं । आज साँझ मन्त्रिपरिषद्को बैठक बस्न लागेकाे छ । साँझ ५:१५ मा सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्री कार्यालय स्राेतले जानकारी दिएकाे छ । बैठकमा नियमित कार्यसूचि बाहेक दल विभाजन सम्बन्धि अध्यादेशसमेत एजेण्डा रहनसक्ने उच्चस्राेतले जानकारी दिएकाे छ ।
हिँजाेसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बैठक बसेकाे थियाे । बैठकमा दल विभाजनसम्बन्धि अध्यादेश ल्याउनेबारेमा सहमति भएकाे बताइन्छ । स्राेतका अनुसार रास्वपा सभापति रवि लामिछाने पक्राउपछिकाे अवस्थाबारे समेत दुई नेताबिच गम्भीर छलफल भएकाे थियाे ।
पक्राउपछि लामिछानेको पक्षमा खासै माहाेल नतातेकाे दुई नेताले निश्कर्ष निकालेका थिए । दुई नेताबीच रास्वपाको आन्दोलनको अवस्था हेरेर अध्यादेश ल्याउने समझदारी भएकाे बुझिएकाे छ । आन्दोलन उग्ररुप लिने अवस्थामा अध्यादेश केही दिनपछि सार्ने अन्यथा आजको मन्त्रिपरिषद् बैठकमा साे अध्यादेश पारित गर्नेगरी गृहकार्य अघि बढेकाे बुझिएको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया