ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति

न्युयोर्क । लगातार विवादमा आउने डोनाल्ड ट्रम्पको अभिव्यक्ति मात्र होइन उनको चुनावी अभियानमा आयोजित कार्यक्रमसमेत विवादित भएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृह नगर न्युयोर्क सिटीको मेडिसन स्क्वायरमा आयोजना गरेको कार्यक्रममा सञ्चालक सिड राजेनबर्गले ह्यारिसलाई लक्षित गर्दै तल्लो तहको अभिव्यक्ति दिए। ‘सी इज सम सिक बास्टर्ड, ड्याट हिलारी क्लिन्टन वुह्वाट सिक सन अप अ बिच’, उनले भने।
उनले ह्यारिसलाई घरबार विहीन भन्दै साँचो अमेरिकीहरू सेन्ट्रल पार्कको बेन्चमा बसी रहेको बताए। उनले ह्यारिसलाई लक्षित गर्दै पाउनु पर्ने सबै पाइसकेको कुरा समेत गरे।अमेरिकी राष्ट्रपति पदको निर्वाचन नजिकिँदै जाँदा दुवै उम्मेदवार चुनावी अभियानमा व्यस्त छन्। सोही दिन कमला ह्यारिसले मुख्य मत स्विङ हुने राज्य पेनेसेल्भिनयामा कार्यक्रमको आयोजना गरेकी छिन्।
कमला ह्यारिसले अहिले गर्भपतनको विषयलाई जोडले उठाइरहेकी छिन्। पेनेसेल्भिनियाको कार्यक्रममा ह्यारिसले अमेरिकाका नागरिक सर्वाधिकार सुरक्षित रहेको भन्दै उनीहरूलाई भावनात्मक रूपमा एकीकृत गराउन आफूहरू सक्रिय भएको बताइन्।
ह्यारिसको पक्षमा मोडल तथा टिभी प्रस्तोता कृश टिगेनले एरिजोनामा भएको कार्यक्रममा बोल्दै सन् २०२० मा आफू गर्भवती भएको समस्यामा आएको जटिलताका कारण आवश्यक परेको गर्भपतनको अवस्थाका बारे जानकारी गराएकी थिइन्।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया