सुनसरीका विपद् प्रभावितलाई लत्ताकपडा वितरण

धरान (सुनसरी) । यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि उक्त राहत सामग्री वितरण सुरु गरेको हो ।
साडी, बर्को, साबुन, ब्रस, लक्ताकपडा, चप्पललगायतका सामग्री वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए। उनका अनुसार वडा कार्यलयको सिफारिसका आधारमा स्वास्थ्य संस्था, महिला स्वयम् सेविकाहरुसँग समन्वय गरी उनीहरुलाई उक्त सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।
नगर प्रमुख कार्कीले भन्नुभयो, “राहत सामग्री वितरणले विपद् प्रभावित गरिब परिवारलाई तिहारमा केही सहयोग मिल्ने छ ।” सोमबार बराहक्षेत्र नगरपालिका–६ र ९ कोशीपारी श्रीलङ्का टप्पुबाट राहत वितरण सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी बराहक्षेत्र नगर संयोजक रवीन घिमिरेले जानकारी दिए।
















आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया