फाइनलमा नेपाल र बंगलादेशको पहिलो हाफ गोलरहित बराबरी

काठमाडाैँ । साफ महिला च्याम्पियनसिप २०२४ फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। बुधबार दशरथ रङ्गशालामा पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
पहिलो हाफमा दुवै टोलीको एक–एक प्रहार पोलमा लागेको थियो। नेपालकी अमिषा कार्कीले १०औं मिनेटमा गरेको प्रहार बारमा लागेर फर्किएको थियो। दोस्रो मिनेटमै सविना खातुनले हानेको प्रहार पनि बारमा लागेर फर्किएको थियो।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध सेमिफाइनल खेलेको पहिलो रोजाईमा एक परिवर्तन गरेका छन्। उनले फरवार्ड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरु लिम्बुलाई मौका दिएका छन्।
रेखाले भारतविरुद्धको सेमिफाइनलमा दोहोरो पहेंलो कार्ड ब्यहोरेका कारण फाइनल गुमाएकी हुन्। प्रशिक्षक तामाङले अन्य खेलाडी भने यथावत राखेका छन्। अग्रपंक्तिको जिम्मेबारी सावित्रा भण्डारीलाई दिएका छन्।
नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ तथा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए।
नेपाल पहिलोपटक तथा बङ्गलादेश लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छन्।
















सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया