दुई पटक कारागारबाट भागेका विनायकलाई गोली चलाएर प्रहरीले गर्यो पक्राउ

काठमाडौँ। दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
२०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो ।
विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर-६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए । सो घटनापछि प्रहरीले विनायकलाई एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । यादवलाई जिल्ला अदालत सुनसरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष ८ महिना १४ दिन कैद फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि थुनामा रहेका विनायक २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर भागेका थिए । उनीसहित अन्य १२ जनासमेत कारागारबाट भागेका थिए ।
लगतै सप्तरीको गोबरगाडाबाट पक्राउ परेका उनलाई सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागि पठाइएको थियो । तर उनी २०७२ वैशाख १२ गतेको भूकम्पका बेला फेरि पनि कारागारबाट भागेर भारत गएका थिए । मधेशी मुक्ति टाइगरको नामबाट पनि आपराधिक गतिविधि गर्ने यादव भारतको सुपोलस्थित दिदीको घरमा गएर बसेका थिए ।
छठ पूजाका लागि बिहीबार नेपाल आउँदै गर्दा उनलाई प्रहरीले पक्रेको हो । बिहीबार कोशी गाउँपालिका-८ स्थित पथरचट्टान भन्ने ठाउँबाट विनायक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया