२२ अंकले बढ्यो सेयर बजार, कारोबार कति ?

काठमाडौं । साताको दोस्रोदिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
सोमबार नेप्से परिसूचक २२ दशलमव १४ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको हो ।
यसदिन १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोडको शेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै साहस उर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै अरुण भ्याली हाइड्रोको २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, सिर्जनसिल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया