पुङ्दी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो

चितवन । भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरकोमध्य भाग हुँदै बग्ने पुङ्दी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो ।
महानगरको गौरवको आयोजनाका रूपमा रहेको पुङ्गी खोलाको सौन्दर्यकरण कार्य गर्दै आइरहेको छ । भरतपुरको वडा नं ११, २, ३ र ४ भई बग्ने खोलाको लम्बाई छ दशमलव ६५ किलोमिटर रहेको छ । खोलाको दायाँबायाँ वृक्षरोपणलगायत बिहानी र साँझको हिँडाइ गर्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ ।
आज अतिक्रमित संरचना हटाउने क्रममा वडा नं ३ र ४ को सीमाका घरटहरा भत्काउन सुरु गरिएको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरणका लागि रु १० करोड ८० लाखको ठेक्का लगाइसकेको महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए। यसअन्तर्गत एक दशमलव पाँच किमीमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नं ४ मा पर्ने पुङ्गी खोलाको दोभानबाट करिब पाँच सय मिटरको काम सम्पन्न भइसकेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको बताए। पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट समेत रु छ करोड ६५ लाख बजेट छुट्याइएको छ ।
वर्षाको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुवै कार्यलाई तीव्रता दिइएको प्रमुख दाहालले जानकारी दिए। उनले अबको तीन वर्षभित्र खोलाको मुहानसम्म सौन्दर्यकरणका काम हुने बताए। बढ्दो सहरीकरणले भरतपुरमा वर्षाको समयमा आकाशे पानी व्यवस्थापनमा समस्या देखिएपछि पुङ्गी र केरुङगा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको दाहालको भनाइ छ ।














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया