मंगलबार, चैत १०, २०८२

सुप्रिम सहकारी ठगी प्रकरणमा रविलाई बयानका लागि बुटवल लगिँदै

मेरोन्यूज २०८१ कार्तिक २७ गते ८:४५

काठमाडौं। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

भैरहवाको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको कसुरमा भइरहेको अनुसन्धानमा बयानका लागि लामिछानेलाई जहाजमार्फत भैरहवा लैजान लागिएको हो । उनको आजै बयान सुरु गरिने भएकाे छ ।

गत वर्ष जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही मार्फत सुप्रिम सहकारीका संस्थापक अध्यक्ष जीवी राई, अध्यक्ष ओमप्रकाश गुरुङलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

यसैबीच, सभापति लामिछानेलाई बयानका लागि लगिने भएपछि रास्वपाले भैरहवामा विरोध प्रदर्शन गर्ने भएको छ।

प्रतिक्रिया