महासंघले नेपालमा लगानी प्रवर्धनमा नियोगहरुलाई सघाउँछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउँने प्रतिवद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसँग महासंघले आयोजना गरेको अन्तरक्रियामा ढकालले विदेशी लगानीका लागि महासंघले सहायता कक्ष नै स्थापना गर्दै लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको वताए ।
अध्यक्ष ढकालले संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कुटनीति विस्तार गर्न नेपाली नियोगलाई आग्रह गरे । नेपालमा वातावरण वन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरुलाई आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्न आग्रह गरे ।
यसैगरी अध्यक्ष ढकालले महासंघको अन्तराष्ट्रिय संजाललाई पनि नियोगहरुले उपयोग गर्न सक्ने वताए । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरहरुसँग सहकार्य रहेको छ ।
ढकालकाअनुसार पछिल्ला दुई वर्षमा विदेशी लगानी बार्षिक ७ देखि ९ अर्ब रुपैयाँ वार्षिक मात्रामा सीमित रहेको जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब ०.२५ मात्र हो ।
छलफलका क्रममा सहभागि नवनियुक्त राजदूतहरुले स्तरोन्नतिबाट न्युन प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको वताए । यसैगरी, निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुनेमा राजदूतहरु विश्वस्त देखिएका छन् ।
बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्धिपक्षीय कर मुक्ती सम्झौताका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्णप्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने वताए ।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपील श्रेष्ठ, पाकिस्तानका लागि राजदूत रीता धिताल, साउदी अरबका लागि राजदूत नरेश ढकाल, स्पेनका लागि प्रस्तावित राजदुत सनिल नेपाल, पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणी पौडेल र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिमल्सेनाले निजी क्षेत्रसँग मिलेर काम गर्नेमा जोड दिए ।
भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्माले भारतमा आयोजना हुने कार्यक्रममा सहभागि हुनुपर्ने वताउँदै भारतसँगको समस्या के छन्, ती बिषय लिखित रुपमा दिन आग्रह गरे ।
कतारका लागि प्रस्तावित राजदूतले कतार चेम्बर संग महासंघले संयुक्त परिषद स्थापना गरिसकेको सन्दर्भमा यसबाट फाइदा लिन सहकार्य गर्नुपर्ने वताए । यस्तै, जर्मनका लागि नेपालका राजदूत डा। सहयोग रुपाखेती युरोपेली मुलुकमा जाने मुलुकहरुमा जिएसपी प्लस सुविधा लिनका लागि महासंघले पहल गर्नुपर्ने वताए । आइएलओ अभिसन्धी ८७ पारित गर्ने बिषयमा छलफल हुनुपर्ने उनको भनाइ छ ।
परराष्ट मन्त्रालयका सहसचिव लक्ष्मण खनाल र ज्ञान वहादुर मगरले आर्थिक कुटनीति विस्तार मन्त्रालयको प्राथमिकतामा रहेको वताउँदै यसमा विशेष पहल गरिने वताए ।
महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवनियुक्त राजदूतहरुले आर्थिक कुटनीतिलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा जोड दिए ।














इजरायली सेना र हिज्बुल्लाह बीच सीमाक्षेत्रमा भिडन्त सुरु
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया